सयौँ यात्रु बोकेको रेल दुर्घटना, ३० जनाको मृत्यु

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको केसाइमा भएको मालबाहक रेल दुर्घटनामा परी कम्तिमा ३० जनाको मृत्यु भएको यहाँका अधिकारीले जनाएका छन् ।

केसाइको प्रहरी स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार आइतबार मालबाहक रेल लिकबाहिर गएपछि भएको दुर्घटनामा यसमा यात्रा गरिरहेका ३० यात्रुको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।

Advertisement

घाइते सबै जनाको नजिकै रहेका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्यभागमा रहेको रेलको लिक जीर्ण अवस्थामा रहेको र हरेक बर्ष ठूलो सङ्ख्यामा धेरै नागरिकले ज्यान गुमाउने गरेका छन् ।

कमजोर रेल मार्ग,अत्यधिक यात्रु तथा सामानको भार र चालकको लापर्बाही कङ्गोमा हुने रेल दुर्घटनाका लागि जिम्मेवार मानिने गरेका छन् ।

More News last news
Loading...