अभिनेत्री रेखा थापाले बनिन् टी–२० फ्रेचाइजी क्रिकेट टिमको मालिक

काठमाडौं । अभिनेत्री रेखा थापा क्रिकेट टिमको मालिक बनेकी छन् । उनले आगामी बैशाखमा विराटनगरमा आयोजना हुने पहिलो महिला टी–२० फ्रेचाइजी क्रिकेटको एक टोली किनेकी हुन् ।

एनसिएल स्पोर्टसको आयोजनामा ७ बैशाखबाट विराटनगरको बैजनाथपुर रंगशालामा हुने प्रथम महिला टि-२० क्रिकेट लिगका लागि रेखाले काठमाडौँ सुपर च्याम्पियन्स फ्रेन्चाइजी क्रिकेट टोली किनेकी हुन् ।

Advertisement

सोमबार एक कार्यक्रमका बीच एनसिएल स्पोर्टसले प्रतियोगितामा सहभागी ४ फ्रेन्चाइजी टोली घोषणा गरेको छ। रेखाको टोलीकी मार्की खेलाडी नेपाली महिला टोलीकी पूर्व कप्तान नेरी थापा रहेकी छिन् ।

प्रतियोगितामा रेखाको काठमाडौंसँगै विराटनगर रोयोरिंङ लायोनेस, भैरहवा क्विन्स् र धनगढी वन्डर वुमेन रहेका छन। विराटनगरका अनुप सेक्सेना, हुन्, भैरहवाका अनिल भण्डारी र दीपक सुवेदी तथा धनगढीका हरि खनाल मालिक रहेका छन्।

नेपालमा पहिलो पटक हुन लागेको महिला टि-२० फ्रेन्चाइजी लिग ७ देखि १४ वैशाखसम्म चल्नेछ। प्रतियोगिताका विजेताले ट्रफीसहित १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

More News last news
Loading...