विद्युत मर्मत गर्ने क्रममा ११००० भोल्टको करेन्ट लागेर एक युवकको मृत्यु

दमक । दमकको लाइफलाइन अस्पताल अगाडि बिध्युत मर्मत गर्ने क्रममा एक मजदुर तारमा एक्कासी ११००० भोल्ट करेन्ट प्रवाह हुँदा उनको मृत्यू भएको छ।

हिजो शुक्रबार बिध्युत मर्मत गर्ने क्रममा २५ बर्षिय सुमन खत्री एक्कासी करेन्ट प्रवाह हुँदा झण्डै १५ मिनेट तारमा नै झुन्डिदा उनको शरिरका बिभिन्न भागहरु डढेको थियो।

Advertisement

उद्धार पश्चात उनलाइ उपचारको लागी लाइफलाइन अस्पताल लगिएकोमा उनको शनिबार मृत्यु भएको हो। २५ वर्षीय सुमन खत्री ट्रान्समिटरमा चढेर बिद्यूतको काम गर्दै आइरहेका थिए। उनको साथमा अर्का १९ वर्षीय सुमन खड्का पनि घाइते भएका छन्।

उद्धारका लागि छेउमा लिस्नो नै नभएका कारण झण्डै १५ मिनेट लागेको स्थानीयहरुको भनाइ रहेको छ। चरम लापरवाहीका कारण यो घटना भएको भन्दै स्थानीयहरु आक्रोशित भएका थिए। खड्काको अवस्थामा भने सामान्य र खतरामुक्त रहेको अस्पताल श्रोतले जनाएको छ।

More News last news
Loading...