भोजपुर । जिल्ला अदालत भोजपुरले साल्पासिलिछो गाउँपालिका–५ सालेवाका २० वर्षीय सञ्जय राईलाई जन्मकैदको फैसला गरेको छ।
राईले एक बालिकालाई जबर्जस्ती करणीको प्रयासपछि भदौ १० गते हत्या गरेको अभियोगमा जन्मकैदको फैसला गरेको अदालतले जनाएको छ।
साथै अदालतले राईलाई एक लाख रुपैया क्षतिपूर्तिको फैसला गरेको निमित्त स्रेस्तेदार नवीन कोइरालाले जानकारी दिनुभयो।
राईलाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इङनामको इजलासले जबर्जस्ती करणी उद्योग र ज्यानसम्बन्धी कसुरमा जन्मकैदको सजाय गरेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
