परासी । यौन दुर्व्यवहार आरोपमा एकजना स्वास्थ्यकर्मीलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीकाले पक्राउ गरेको छ।
पाल्हीनन्दन गाउँपालिका-४ लोहरौलीमा एक्सरे-प्याथोलोजी क्लिनिकका सञ्चालक २४ वर्षीय अमृश यादवले १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।
दुर्व्यवहार आरोपमा पक्राउ परेका यादव रामग्राम नगरपालिका-९ का हुन् । केही समयदेखि यादवले लोहरौलीमा क्लिनिक सञ्चालन गर्दै आएका छन्। दुर्व्यवहार गरेको भन्दै स्थानीयले क्लिनिकमा तोडफोड गरेका छन् । आक्रोाशित स्थानीयवासीले प्रहरीको गाडीमासमेत तोडफोड गरेका छन्। तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ।
ल्याव असिस्टेण्टसमेत रहेका निजी क्लिनिक सञ्चालक यादवले छातीको एक्सरे गर्ने भन्दै कोठाभित्र लगेर यौन दुर्व्यवहार गरेको पीडितपक्ष र प्रहरीको आरोप छ। दुर्व्यवहारमा पर्ने किशोरी भने भारतीय हुन्। छाती दुखेपछि भारतीय स्वास्थ्यकर्मीको सल्लाहमा एक्सरे गर्न किशोरी बुवासहित क्लिनिकमा पुगेकी हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
