एजेन्सी । अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोना आठ सन्तानका बाबु बनेका छन्। म्याराडोनाले क्युवाका फरक दुई श्रीमतीबाट जन्मिएका तीनजना सन्तानलाई स्वीकार गरेपछि उनको श्रीमती संख्या ६ र बच्चा ८ पुगेको हो।
५८ बर्षीय म्याराडोनाले हाल मात्र क्युवाली दुई श्रीमतीबाट जन्मिएका सन्तानलाई स्विकार गरेको बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरेको छ।
म्याराडोनाका वकिल माटीअस मोर्लाले क्युवाकी श्रीमतीबाट जन्मिएका तीन बच्चालाई म्यारोडोनाले स्विकार गरेको बताएका छन्। वकिल मोर्लाले म्यारोडोना तीन बच्चा स्विकार गर्न र परीक्षण गर्न क्युवा जाने समेत बताए।
यसअघि म्याराडोनाले क्युवाकी पूर्व श्रीमती क्लाउडियाबाट जन्मिएका गियानिना र डाल्मा तथा भेरोनिका ओजेडाबाट जन्मिएका डिएगो फर्नान्डोलाई अस्वीकार गर्दै आएका थिए।
अब क्युवाली श्रीमतीबाट जन्मिएको बच्चा स्विकार गरेपछि म्याराडोना कानुनी रुपमा आठ सन्तानका बाबु बन्नेछन्। म्याराडोना लागु औषधको लत छुटाउन सन् २००० देखि २००५ सम्म क्युवामा बसेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
