काठमाडौं । आइतबार केन्यामा भएको इथियोपियन एअरलाइन्स दुर्घटनामा एक नेपाली पनि परेको इथियोपियन एअरलाइन्सले जनाएको छ।
विमान दुर्घटनाबारे ट्विट गर्दै एअरलाइन्सले दुर्घटनामा ३२ देशका नागरिकले ज्यान गुमाएका उल्लेख गरेको छ।
एअरलाइन्सको ट्विटमा एक नेपाली नागरिकले उक्त दुर्घटनामा ज्यान गुमाएको उल्लेख छ। नेपाली नगारिकको मृत्यु भएको बारे आधिकारिक पुष्टि भएको छैन।
इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको थियो।
केन्याको स्ट्यान्डर्ड मिडिया अनलाइनले पनि दुर्घटनाग्रस्त विमानमा एकजना नेपाली नागरिक पनि रहेको लेखेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
