मनाङको हिम पहिरोमा पुरिएर एक नेपाली सहित २ जनाको मृत्यु

काठमाडौं । मनाङको हिम पहिरोमा परी एक नेपाली सहित २ जनाको मृत्यु भएको छ।

हिजो शुक्रबार मनाङको क्याङ्दीमा आएको सो हिम पहिरोमा परी नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम र नेपाली धादिङ्का अजय ढकालको ज्यान गएको हो।

Advertisement

धादिङका ढकालको शुक्रबार साँझ र नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुमको आज बिहान मात्रै शव भेट्टिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ।

अहिले उनीहरु दुवै जनाको शव पोस्टमार्टमका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

More News last news
Loading...