काठमाडौं । आन्दोलनरत राहत शिक्षकलाई एक पटकका लागि स्थायी प्रक्रियामा लैजान सहमति भएको छ। सरकारसँग सहमति भएपछि राहत शिक्षकले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन ।
शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षकबीच तीन बुँदे सहमति भएको छ । सहमतिमा राहत शिक्षक र बाल विकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालाई एक पटकका लागि स्थायी प्रक्रियामा लैजाने सहमित भएको हो।
सहमतिमा भनिएको छ, ‘सामुदायिक विद्यालयमा कार्यरत राहत अनुदान कोटामा नियुक्त शिक्षक र बाल विकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालाई निश्चित मापदण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी तोके बोमजिम आन्तरिक/खुल्ला प्रतियोगितात्मक परीक्षामा एक पटकका लागि उमेरको हद नलाग्ने गरी स्थायीको प्रक्रियामा लैजानका लागि आवश्यक प्रबन्धन गर्ने।’
शिक्षा मन्त्रालयसँग भएको सहमति अनुसार, आन्दोलनका क्रममा घाइते भएका शिक्षकको उपचारको व्यवस्था पनि सरकाले गर्ने छ। आन्दोलनका क्रममा भएको घटनाप्रति दुःख प्रकट गरेको छ।
त्यस्तै, आन्दोलनरत शिक्षकहरूले आजैदेखि आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
