निर्मला हत्या प्रकरणको नयाँ मोड : एसपी विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा

काठमाडौँ । निर्मला पन्त प्रकरणको घटना अझै रहस्यमै छ । प्रहरीको अुनसन्धान लगभग असफल जस्तै भएको टिप्पणी हुन थालेको छ ।

निर्मलाको न्यायका लागि सुरु गरिएका अभियानहरु पनि सेलाए । तर निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

Advertisement

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले दिएको जाहेरीका आधारमा बुधबार जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर भएको हो ।

बर्खास्तीमा परेका तत्कालीन एसपी विष्ट र निलम्बित डीएसपी अंगुर जिसीलाई फरारको सूचीमा राखिएको छ भने इन्सपेक्टर एकेन्द्र खड्का जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई अदालतमा उपस्थित गराइएको छ । उनीहरुको बयान आजबाट सुरु हुनेछ ।

निर्मला पन्त प्रकरणमा संलग्नको आशंकामा ६ जना कञ्चनपुर प्रहरीको हिरासतमा छन्। बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि धरौटीमा छोड्ने वा पुर्पक्षका लागि कारागार पठाउन आदेश हुनेछ।

More News last news
Loading...