चर्चित लोकदोहोरी गायक पशुपति शर्माले केही समयअघि लुट्न सके लुट कान्छा बोलको गीत आफ्नो यूट्यूब च्यानलबाट हटाए। गीत सार्वजनिक भएपछि आफूलाई केही नेता तथा कार्यकर्ताले धम्की दिएको भन्दै उनले गीत यूट्यूबबाट हटाएका थिए।
उक्त गीतमा वाइड बडीको भ्रष्टाचारीमाथि कारवाही नभएको सुब्बा खरदारले भ्रष्टाचार गर्ने गरेको, अरबौंको हेलिकप्टर राष्ट्रपतिलाई किनिएको, सरकारी डाक्टरले क्लिनिकमा बिरामी बोलाउने जस्ता कुराहरू उल्लेख गर्दै व्यग्य गरिएको छ।
एउटा स्टेज कार्यक्रममै पशुपछि शर्मालाई धम्की आएको खबर सार्वजनिक भएको छ। उनले कार्यक्रममा उक्त चर्चित गीत खुलेर गाउन सकेनन्। यो कुरामा कत्तिको सत्यता छ ? यस बारेमा आर्टिस खबरले एक भिडियो रिर्पोट बनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
