काठमाडौँ । हिमरश्मी हाई स्कुलले आफनो १३ वार्षिक उत्सवको अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । तारकेश्वर नगरपालिकाको विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिलाई सम्मान गरेको हो।
सम्मानित हुनेहरुमा बरिष्ट हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, तारकेश्वर आवाजका सम्पादक नन्द बहादुर ऐडी, लोक गायक धुर्वराज खड्का, शिक्षा सेवी शिक्षासेवी कृष्ण प्रसाद तिमिल्सेना, शिक्षासेवी प्राध्यापक डा. गोकर्ण ज्ञवाली र डा. .लाई सम्मान गरेको हो।
काठमाडौं क्षेत्र नं ६ प्रदेश सभा २ का सांसद योगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा तारकेश्वर नगरपालिका मेयर रोमश्वर बोहोरा, तारकेश्वर–१० का वडा अध्यक्ष अमृत थापा, तारकेश्वर नगरपालिका शिक्षा समितिका सदस्य प्राध्यापक श्यामकृष्ण विष्ट, तारकेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख शुरेश कुमार जोशी, विभिन्न विद्यालयका प्रिन्सिपल, लैङ्गिक हिंसा नियन्त्रण समन्वय सञ्जालका अध्यक्ष देविना र्काी राना लगायतका व्यक्तिहरु अतिथी रुपमा सहभागी भएका थिए।
काठमाडौं क्षेत्र नं ६ प्रदेश सभा २ का सांसद योगेन्द्र संग्रौलाले कार्यक्रमलाई सम्बोधन गर्दै हाम्रा भावी पूस्तालाई समृद्ध नेपाल बनाउँने खालको सकरात्मक संस्कार सहितको शिक्षा दिन आवश्यक रहेको बताए।
यस्तै गरि वरिष्ट हास्य कलाकार मदन कृष्ण श्रेष्ठले आफूलाई तारकेश्वरको माटोले हुर्काउनका साथै माया गर्दै आएको बताए । आफू जहाँ पुग्दा पनि भगवान तारकेश्वर महादेवको सम्झना आउने गरेको बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
