ज्ञानभूमी हाई स्कुलको २६औँ अभिभावक दिवस सम्पन्न

ज्ञानभूमी हाई स्कुलको २६ औ अभिभावक दिवस सम्पन्न भएको छ । आज एक औपचारीक कार्यक्रमका बीच विद्यालयको प्राङ्गणमा सो कार्यक्रम भव्य रुपले सम्पन्न भएको हो ।

तारकेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख शुरेश कुमार जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा पत्रकार नन्द बहादुर ऐडी, ज्ञानभुमी हाईट टोल सुधार समितिका अध्यक्ष किरण रिजाल लगायत विभिन्न छिमेकी विद्यालयहरुका प्रिन्सिपलहरु अतिथिका रुपमा सहभागी भएका थिए।

Advertisement

सो अभिभावक दिवसमा विद्याथीहरुले विभिन्न लोकगीतहरुमा नृत्य, नाटक, गीत प्रस्तुत गरि मनोरञ्जन दिएका थिए।

More News last news
Loading...