शनिवारदेखि पुनः वर्षासँगै हिमपात दोहोरिने

काठमाडौं । शनिबार (भोली) बाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार अर्कौ जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए । उनका अनुसार आज मौसममा केही सुधार भई घाम लागे पनि भोलिदेखि फेरि प्रभावित हुनेछ ।

Advertisement

देशको अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको गतिविधि पुनः दोहोरिने मौसमविद्हरुले जनाएका छन् । राति देशको पहाडी भू–भागमा आंसिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै भोलि शनिबार देशको पश्चिमी र मध्य भागमा सामान्य बदली रही पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

More News last news
Loading...