पर्यटन व्यवसायी आङछिरिङ शेर्पा : पहिले भाइ र भाउजु गुमाए, त्यसपछि आफै अस्ताए

काठमाडौं । बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटना हुँदा पर्यटन व्यावसायी आङछिरिङ शेर्पा, पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको छ।

दुर्घटनापछि पूरै देश शोकमग्न बनेको छ। यो दुर्घटनासँगै पर्यटन व्यवसायी शेर्पाको परिवारमा एकपछि अर्को बज्रपात परेको छ। आङछिरिङ सेवाको निधनसँगै दुर्घटनामै सेर्पा परिवारले लगातार ३ सदस्य गुमाएको छ।

Advertisement

२०५० साल वैशाख १० गते आङछिरिङकी भाउजू पासाङ ल्हामु शेर्पाको सगरमाथाको आरोहण गरी फर्कने क्रममा हिमपहिरोमा परेर मृत्यु भएको थियो। त्यसको ५ वर्षपछि शेर्पा परिवारले अर्का एक सदस्य गुमाउनु पर्यो।

२०५५ सालमा आङछिरिङका कान्छा भाइ टेण्डी शेर्पाको पनि रेस्क्यू गर्न जाँदा सोलुखुम्बुको बासा भन्ने ठाउँमा एमआइ १७ हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको थियो। त्यसको २० पछि फेरि दुर्घटनामै शेर्पा परिवारले अर्का एक सदस्य गुमाएको छ। पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको निधनले आज फेरि शेर्पा परिवार विक्षिप्त बनेको छ।

लाक्पा सोनाम, आङछिरिङ र टेण्डी शेर्पा तीन दाजुभाइ मध्ये दुईजना हेलिकप्टर दुर्घटनामै मृत्यु हुनु दुःखत भएको छ यो घढीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समावेदना।

३५ वर्ष अघिदेखि भरिया बनेर पर्यटन मजदुरको रुपमा काम थालेका शेर्पाको परिवारले दुर्घटनामा एक पछि अर्का सदस्यको ज्यान गुमाउनु परेको छ । शेर्पा परिवारमा दुर्घटनामाथि थप दुर्घटना थपिदा देशले नै अर्थतन्त्रका उत्कृष्ट व्यवसायी गुमाउनु परेको छ।

शेर्पा परिवार भरिया पेशा बाट ट्रेकिङ व्यवसाय सुरु गरेर होटल, एयरल्यान्स, हेलिकप्टर र दर्जनौं कम्पनी स्थापना गरी देशको अर्थतन्त्रमा सहयोग र्पुयाउदै आएका थिए। सफल व्यावसायीको रुपमा परिचित शेर्पाले नेपाल सरकारलाई उत्कृष्ट राजश्व बुझाए बापत पोजेरो गाडी समेत उपहार पाएका थिए।

यस्तो छ आङछिरिङ शेर्पाको जीवनी
सोलुखुम्बुको साविक जुविङ गाविस, (पासाङ ल्हामु गाउँपालिका) मा जन्मेका आङ छिरिङ सम्पन्न परिवारका साहिँला छोरा हुन् । उनका बुबाको प्रशस्त जग्गाजमीन र खर्क थियो, जहाँ चौंरी र भेडाहरु प्रशस्त थिए । गाउँको सम्पन्न मानिने शेर्पा परिवारले पशुपालनका साथै गाउँमा पैसाहरु पनि लगानी गर्ने गथ्र्यो ।

आङ छिरिङका चार दाजुभाइमध्ये जेठा दाजु अलि अगाडि नै बिते । माइला दाजु लाक्पा सोनाम यति एयरलाइन्सका चेयरमेन हुन् । उनी सगरमाथा आरोही पासाङ ल्हामुका पति हुन्।

आङ छिरिङ सन् १९९८ सम्म ट्रेकिङ व्यवसायमा थिए । उनका भाइ टेन्डी शेर्पा पनि अन्य दुई दाजुभाइसँगै पर्यटन व्यवसायमै थिए । यसैवीच ०५५ सालमा सोलुखुम्बुमा एसियन एयरको हेलीकोप्टर दुर्घटनामा परी टेण्डीको निधन भयो ।

नागरिकता अनुसार केही फरक भएता पनि आङ छिरिङको उमेर ५८ वर्ष रहेको पारिवारिक स्रोत बताउँछ । हाल उनका श्रीमती र दुई छोरा छन् । दुबै छोराले व्यवसायमा बुबालाई सघाइराखेका थिए ।

पछिल्लो समय आङ छिरिङ यति एयर लाइन्सका प्रवन्ध निर्देशक थिए । दुर्घटनामा परेको डाइनास्टी हेलिकोप्टरमा पनि उनको सेयर लगानी छ । हिमालय एयर उनको पछिल्लो व्यसाय हो ।

सुरुमा आङछिरिङ आफैं टे्रकिङमा जान्थे । दाजु सोनाम र भाइ टेण्डीसमेत मिलेर तीनभाइले ट्रेकिङ चलाइराखेका थिए । सुरुमा दाजुभाइ मिलेर सानो ट्रेकिङ एजेन्सी खोलेका थिए । पछि त्यसैलाई फैलाउँदै फैलाउँदै ठूलो कम्पनी बनाए ।

सन् १९९८ मा उनीहरुले यति एयरलाइन्स सुरु गरे । २१ वर्षमा चलिरहेको यतिले हाल साढे ९ सय मानिसलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । यसका अतिरिक्त आङ छिरिङका अरु पनि धेरै कम्पनीहरु छन् । काठमाडौंको चर्चित गोकर्ण रिसोर्ट, भैरहवाको कसरा रिसोर्टदेखि लिएर ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सीहरु देशैभरि छन् । यति बाहेक हिमालय एयरलाइन्स र तारा एयरलाइन्स पनि आङ छिरिङकै हुन्।

More News last news
Loading...