लाइट मेसिन गनसहित विप्लव समूहका नेता पक्राउ

काठमाडौं । प्रहरीले लाइट मेसिन गन (एलएमजी) र अमेरिकी राइफलसहित नेकपा विप्लव समूहका एक नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–१०, बाहुनीका ४२ संगीत भनेर चिनिने देवकुमार लिम्बु छन् ।

उनी विप्लव समूहको नेता भएको नेपाली प्रहरीले जनाएको छ । यद्यपि, कुन तहको भन्ने चाहिँ खुलिसकेको छ । उनलाई धरान–६, पानबारी चोक्टीबाट स्वचालित आधुनिक हतियारसहित पक्राउ गरिएको हो।

Advertisement

लिम्बुको साथबाट राइफलमा प्रयोग हुने एउटा र एलएमजीमा प्रयोग हुने दुई वटा म्यागजिन पनि बरामद भएको छ । त्यस्तै, एलएमजी हतियार माउन्ट गरेर प्इोग गर्न मिल्ने बाडपड पनि उनको साथबाट बरामद भएको जनाइएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी, पानबारी सुनसरीबाट खटिएको प्रहरी टोलीले विभिन्न नाकाहरुमा चेक प्वाइन्ट खडा गरी चेकजाँच तथा खानतलासी गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

More News last news
Loading...