विराटनगर। विराटनगरमा एक महिलाका दुई श्रीमानको चियापसलमा जम्काभेट भएपछि कुटाकुट परेको छ । घटनाको भिडियो अहिले चर्चाको विषय बनेको छ ।
कुटाकुटको भिडियो एभिन्यूज टलिभिजनले सार्वजनिक गरेको हो । यी दुई पुरुषमध्ये एक महिलाका अहिलेका श्रीमान भएको र अर्का पुरुष उनका पूर्व श्रीमान भएको बताइएको छ । पूर्वश्रीमानसँग महिलाको एक महिनाअघि सम्बन्धविच्छेद भइसकेको छ ।
यी दुई व्यक्तिहरु विराटनगर-२ की कमलावती कार्कीका पूर्व श्रीमान बसन्तकुमार श्रेष्ठ र अहिलेका श्रीमान कमल खत्री हुन् । उनीहरुको यो भिडन्त हिजो सोमबार बिहान भएको बताइएको छ । यी दुईबीचको भिडन्तका कारण सडक नै बन्द हुने स्थिति आयो । त्यहाँ रहेका स्थानीयले स्थिति नियन्त्रणबाहिर पुगेपछि प्रहरी नै बोलाउनुपरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
