कोदालोको पासोले श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

बनियानी । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले श्रीमती हत्या गरेको आरोपमा आज एकलाई पक्राउ गरेको छ।

घरायसी विवादका क्रममा कोदालोको पासो र बाँसले हानेर श्रीमतीको हत्या गरेको आरोपमा मेचीनगर–१५ का ३५ वर्षीय लखिन्द्र राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो।

Advertisement

प्रहरीका अनुसार खगिन्द्रले आज बिहान करीब ६ः३० बजे आफ्नी श्रीमती ३४ वर्षीया चम्पली राजवंशीलाई कोदालोको पासो र बाँसले हानेपछि उनको घटनास्थलमै मृत्यु भएको हो। मृतकको शव परीक्षणको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको जिप्रकाले जनाएको छ।

More News last news
Loading...