चन्द्रागिरिबाट लागुऔषधसहित २ जना पक्राउ

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट पर्सा वीरगञ्ज महानगरपालिका-१७ का जागिर अन्सारीलाई नियन्त्रित लागुऔषधसहित सोमबार प्रहरीले पक्राउ गरेको छ।

डाईजोपाम १५२ एम्पुल, फेनारगन १५० एम्पुल र नोर्फिन १४८ एम्पुलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो। वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २८३५ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा आज बिहान उनको साथबाट उक्त लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

Advertisement

नागढुङ्गाबाटै बुटवल उपमहानगरपालिका-१२ का २५ वर्षीय किसन छन्त्याललाई नियन्त्रित लागुऔषध नाईट्राभेट १७ ट्याब्लेट, डाईजेपाम चार एम्पुल, फेनारगन चार एम्पुल, नोर्फिन चार एम्पुलसहित सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ।

लुम्बिनीबाट काठमाडौँतर्फ आउँदै गरेको लु १ ख ९९८५ नम्बरको बसलाई जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यता काठमाडौँ महानगरपालिका-१५ सानोभर्याङस्थित सडक नजिक ढलमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ४० वर्षीय रवीन्द्र श्रेष्ठ आज मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

More News last news
Loading...