काठमाडौँ। चर्चित ज्योतिष हरिहर अधिकारी अभिनीत चलचित्र ‘शुभ लभ’को ट्रेलर सार्वजनिक भएको छ।
चलचित्रमा हरिहर अधिकारीको जोडीको रुपमा कृष्टिन पौडेल रहेकी छिन्। ‘शुभ लभ’ दुवैको लागि डेब्यु चलचित्र हो।
लभ स्टोरी फिल्म ‘शुभ लभ’मा हरिहर र कृष्टिनसँगै डाक्टर सुर्य थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बाँस्तोला, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
चलचित्रलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन्। चलचित्र चैत्र १५ मा रिलिज हुनेछ। हेर्नुस् ट्रेलर।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
