वीरगंज । प्रहरीले आइतबार दिउँसो जलाउन लैजादै गरेको किशोरीको शव बरामद गरेको छ। पर्साको जिराभवानी गाउँपालिका वडा नं २ सेढवा चन्द्रवती खोलाको किनारबाट शव बरामद गरेको हो।
स्थानीय चन्द्रिका मुखिया बिनको १८ बर्षीया छोरी लालसाकुमारी बिनको शव बरामद गरेको इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायव निरीक्षक राजेश चौधरीले बताए।
आत्महत्या गरेको दावी गरिएकी युवतीको शव प्रहरीले बरामद गरेको हो। उक्त शव प्रहरीले पोस्ट मार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको छ। युवतीको मृत्युको घटनालाई लुकाउन खोजेको आशंकामा प्रहरीले शव बरामद गरेको बताएको छ। प्रहरीले शव बरामद गरेपछि परिवारका सदस्य र छिमेकी भागेका छन्।
स्थानीयका अनुसार किशोरीको बिवाहको तयारी भइरहेको थियो। फागुन १३ गते पटेर्वासुगौली गाउँपालिका ५ निचुटाबाट टीकाटालो (छेका) गर्न आउने कुरा थियो केटा पक्षले किशोरीको अभिभावकसंग पचास हजार रुपैयाँ दाइजो मागी रहेका थिए।
किशोरीका अभिभावक चन्द्रिका मुखिया बिनको आर्थिक अवस्था कमजोर रहेको र पैसाको कारण बिहे रोकिने स्थिति बनेको जानकारी केटीले पाएपछि आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ।
पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले सुसाइड हो वा अन्य कारणले मृत्यु भएको हो पोष्टमार्टम रिपोर्ट पछि मात्रै भन्न सकिने जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
