काठमाडौँ । मंगलबार बेलुकीदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने छ।
आजदेखि बिहीबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले मेघ गर्जनसहित वर्षा, बदली र हिमपातको सम्भावना रहेको मौसमविद्को भनाइ छ।
पश्चिममा गएरातिदेखि नै बदली सुरु भएको छ। यो क्रमशः पूर्वतिर सर्दै जाने र मंगलबाररातिदेखि बुधबार दिनभरी देशभर पानी पर्ने पूर्वानुमान महाशाखाले जनाएको छ।
‘महाशाखाका अनुसार आज काठमाडौंसहित पश्चिमका अधिकांश भागमा एकछिन घाम लाग्ने र एकछिन बादल लाग्ने छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
