द्रुत गतिमा कलंकी क्षेत्रको विकास भइरहेको छ : वडा अध्यक्ष सापकोटा

काठमाडौँ । काठमाडौँको कलंकीदेखि सोल्टीमोडसम्मको बाटोको अवस्थाले यतिबेला धेरैलाई पिरोलेको छ। पानी पर्दा हिलो र घाम लाग्दा धुँलो हुने यो बाटोको अवस्थाले धेरैलाई समस्यामा पारेको छ।

यस बाटोको निर्माण कार्य के हुँदैछ भन्ने बारेमा बुझ्नका लागि नयाँ पुस्ता डटकमको टिम कलंकी वडा कार्यालयमा पुगेको थियो। वडा अध्यक्ष सोभा सापकोटासँग हामीले यस बाटो निर्माणको कार्य कहिले सम्पन्न हुन्छ भन्ने बारेमा कुराकानी गरेका थियौँ।

Advertisement

वडा अध्यक्ष सोभा सापकोटाको भनाइ जस्ताको तस्तै

काठमाडौँका सबै सडक चौडा बनाउने तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा हाम्रो यस काठमाडौँ महानगरको १४ नम्बर वडाका सडक पनि दोहोरो मापदण्ड पुर्याएर भत्काउने काम भयो ।

जसमा कलंकी, सोल्टीमोड सडक पनि पर्यो । त्यतिबेलै दोस्रो संविधानसभाको निर्वाच भयो भने स्थानीय स्थरमा विकासका काम ओझेलमै परे। ६-७ वर्षसम्म यत्तिकै अस्तव्यस्त बनेको यो बाटो स्थानीय सरकार बनेपछि भने धेरैको चासो बढेको छ। तर ८ मिटर भन्दा माथिको बाटो निर्माण गर्न महानगरपालिकाले पाउँदैन। यो अधिकार सडक डिभिजन कार्यालयसँग मात्र छ। महानगर र वडा कार्यालयले यसको अधिकार प्राप्त गरेको छैन्।

तर स्थानीय जनतालाई यो सुचना थाहा हुँदैन्। त्यसैले यहाँका स्थानीयहरु हाम्रो कार्यालयमा आएर चाँडो बाटो निर्माण गर्नका लागि दबाव दिने गर्नुहुन्छ। उहाँहरु आएपछि मैले पनि यस बारेमा चाँसो देखाएँ। यसै क्रममा दोहोरो मापदण्डमा परेका पीडितहरुले क्षतिपूर्ति नपाएसम्म बाटो निर्माणको काम अघि बढ्न नदिने उपत्यका संषर्घ समतिले अडान लिएको थियो ।

तर मैले स्थानीय सरकार आइसकेपछि बाटो निर्माणको काम रोक्न नहुने भन्दै बृहत छलफल चलाएर सहभति गराए। सरकारले क्षतिपूर्ति दिदै गर्छ तर यतिबेला यथावत रुपमा बाटो पिचको काम गर्नुपर्छ भनेर संषर्घ समितिसँग छलफल र भद्र सहमति पनि भयो। हाम्रो मातहतमा यो सडक नपरेकाले बजेटका बारेमा भने हामीलाई खासै जानकारी हुँदैन्। छिटो सडक निर्माणका लागि मैले समन्वय मात्र गरेकी हुँ। किनकी यो मेरो स्थानीय तह हो र यहाँका जनताको अपेक्षा म माथि हुनछ । उहाँहरुको आसालाई हामीले मर्न दिन हुँदैन।

निर्माणको अधिकार हामीलाई नहुने हुँदा छलफल गरेर तत्कालका लागि मात्र बाटोको समस्या समाधान गर्ने योजना बनायौँ। मैले यो बाटो फराकिलो नबनाइ धुँलो मात्र हटाउनका लागि यथावत अवस्थामा पिच गर्ने तयारी गर्यौँ। त्यसपछि उक्त बाटो निर्माणको जिम्मा लिएका ठेकेदार र इन्जिनियरहरुलाई बोलाएर बाटो पिच गर्नका लागि पहल गरे।

उहाँहरुले कलंकीदेखि सोल्टीमोडसम्म मात्र नभइ त्रिपुरेश्वरसम्मको बाटो निर्माण गर्ने जिम्मा लिएको बताउँदै बाटो निर्माण गर्न सहमति हुनुभयो। त्यसपछि बाटो निर्माणको कार्य सुरु पनि भयो । तर उक्त बाटो मेलम्ची खानेपानी आयोजनाले पाइपलाइन विस्तार गर्नका लागि फेरि खन्नु पर्ने भएकाले हुँदै गरेको काम बीचमै रोकियो।

एक वर्ष पिच गरेर फेरि बाटोलाई भत्काउनु भन्दा दुबै काम गर्ने योजनाले पहिले हामीले पानीको पाइपलाइन विस्तार गर्ने योजना बनायौँ। कम समयमै पाइपलाइनको काम सकिने भएकाले बाटो निर्माणको काममा थोरै विलम्ब भएको हो।

यतिबेला मेलम्ची खानेपानी आयोजनाले पाइनलाइन विछ्याइसकेको छ भने अब बाटो निर्माणको काम मात्रै बाँकी छ।
बाटो निर्माणका लागि हामीले पटक पटक ठेकेदार कम्पनीलाई दबाव दिइरहेका छौँ। बाटो पिच गर्नका लागि यतिबेला ठेकेदार कम्पनीले प्राविधिक समस्या हल गरिरहेको बताएको छ। अब चाँडै यो बाटोको निर्माण कार्य सकिनेछ। जसका लागि हामीसँगको छलफलमा ठेकेदार कम्पिनीले २-३ महिनामा सक्ने बताएको छ।

More News last news
Loading...