एजेन्सी । भारतको असम राज्यको गोलाघाट जिल्लामा विषाक्त रक्सीका कारण कम्तीमा ५० जना चिया मजदुरको ज्यान गएको छ।
विषाक्त रक्सीका कारण बिरामी भएका ५० भन्दा बढीको जोरहाट मेडिकल कलेजमा उपचार भैरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
बिहीबार राति सलमारा चिया बगानमा ६५ वर्षीया महिला द्रौपदी ओरनको घरमा भएको जमघटमा विषाक्त रक्सीका कारण यो घटना घटेको हो। जमघटमा आएका आफन्त र छिमेकीले विषाक्त रक्सी खाएका थिए। एकैछिनमा चार जना महिलाको ज्यान गएको त्यसपछि एक्कासि सबै बिरामी पर्न थालेको असम प्रहरीले जानकारी दिएको छ।
प्रहरीले चिया बगाननजिकै जुगीबारीमा रहेको अवैध रक्सी उद्योगका सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान थालेको बताएको छ। भारतको उत्तर प्रदेश र उत्तराखण्डमा पनि गएको दुई हप्तामा विषाक्त रक्सीकै कारण झण्डै एक सय जनाको ज्यान गएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
