वक्तृत्वकला कार्यक्रम सम्पन्न

स्याङ्जा । स्वतन्त्र विधार्थी युनियन त्रिभुवन आर्दश बहुमुखी क्याम्पस द्दारा “राष्ट्र निमार्णमा युवाको भुमिका” भन्ने शिर्षकमा वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्याम्पस प्रमुख अर्जुन बन्धु अर्यालले विधार्थीको हरेक समस्या प्रति सकरात्मक भएको र स्वीयुको यस्तो कार्यक्रमले क्याम्पसको स्तर बृद्दिमा महत्वपूर्ण टवा पुग्ने बताए ।

Advertisement

१६ जनाले भाग लिएको वक्तृत्वकला कार्यक्रममा मञ्जिल पौडेल, अम्रिता कार्की र सरिता शर्मा क्रमश प्रथम, द्दितिय र तृतिय पद हासिल गरेका छन् ।

स्ववियू सभापति सुनिल चापागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति गौरव प्रधान र कार्यक्रम सञ्चालन बिधार्थी नेता कुमार बाबु हिताँगाले गरेका थिए ।

More News last news
Loading...