गाडी दुर्घटनामा घाइते भएका प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको निधन

काठमाडौँ । गाडी दुर्घटनामा घाइते भएका प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ।

उनको ललितपुरको मेडिसिटी अस्पतालमा बिहीबार राति साढे १ बजेतिर निधन भएको परिवारले बताएको छ।

Advertisement

उनको शव श्रद्धाञ्जलीको लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने तयारी छ। सांसद ओली गएको माघ २४ गते दाङको लमही-घोराही सडक खण्डको चिसापानीमा भएको गाडी दुर्घटनामा घाइते भएका थिए।

दाङको दंगिशरण गाउँपालिका वडा नम्बर-६, लेटारका सांसद ओली गएको वर्ष भएको प्रदेश सभा चुनावमा तत्कालीन एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर (ख) बाट विजयी भएका थिए।

More News last news
Loading...