डोटी । चालू आर्थिक वर्षमा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएको छ।
नेपाल सरकारबाट सुरक्षित गर्भपतनको सेवा निःशुल्क दिइने भएपछि सो सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएको स्वास्थ्यकर्मी बताउँछन्। डोटीमा सात महीनाको अवधिमा ३६२ महिलाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला अस्पतालले जनाएको छ।
आव २०७५÷०७६ को साउनदेखि माघसम्म ३६२ महिलाले उक्त सेवा लिएका छन्। सोमध्ये २० वर्षभन्दा कम उमेर समूहका ४७ र त्योभन्दा माथिका ३१५ रहेका छन्।
जिल्ला अस्पातलका अनुसार गत आवमा भन्दा चालू आवमा उक्त सङ्ख्यामा तुलनात्मक रुपले वृद्धि भएको छ। विगतमा सुरक्षित गर्भपतन सेवा आधिकारिक तथा निःशुल्क नभएकाले स्वास्थ्य कार्यालयमा जम्मा सङ्ख्या रेकर्ड नभएको अस्पतालका नर्स गौरी शाहीले बताउनुभयो।
यहाँ हाल जिल्ला अस्पतालसहित विभिन्न निजी अस्पतालसहित १७ स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा उपलब्ध गराइँदै आएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
