यी हुन् चाउरीपना हटाउने घरेलु उपाय (भिडियो)

अनुहार र घाँटीमा चाउरी पर्दै जान थालेपछि बुढ्यौलीले छोप्यो भन्ने चिन्ता धेरैलाई हुने गर्छ । चाउरी घटाएर बुढ्यौलीलाई पर धकेल्ने केही घरेलु उपाय यस्ता छन्, जसलाई दिनहुँ प्रयोगमा ल्याउन सकिन्छः

मेवा

Advertisement

पाकेको मेवाको पेस्ट बनाएर अनुहार र घाँटीमा लगाउने र १५ मिनेटपछि धुने ।

काँक्रो

काँक्रोको पेस्ट बनाएर अनुहारमा लगाई १५ मिनेटपछि धुने ।

भुइँकटहर

पाकेको भुइँकटहरको पेस्ट बनाइ अनुहारमा लगाउने र १० मिनेटपछि धुने ।

दूध पाउडर र मह

एक कप मनतातो पानीमा चार चम्चा दूध पाउडर र दुई चम्चा मह मिसाई अनुहारमा लगाउने र सुकेपछि पखाल्ने ।

More News last news
Loading...