बबरमहलको नेपाल टेलिकम भवनबाट खसेर कर्मचारीको मृत्यु

काठमाडौं । काठमाडौंको बबरमहलस्थित नेपाल टेलिकमको भवनको सातौं तलाबाट खसेर एकजना कामदारको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा टेलिकममा करारमा कार्यरत् भारतको उत्तर प्रदेश घर भएका वसन्त राठौर छन्। महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार आइतबार दिउँसो टेलिकमको टावर मर्मत गर्ने क्रममा उनी खसेका थिए।

Advertisement

बोगटीका अनुसार हाल राठौरको शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा लगिएको छ। उनको धनगढीमा रहेका आफन्त आएपछि पोष्टमार्टम हुनेछ । पोष्टमार्टमका लागि परिवारले जाहेरी दिनुपर्ने कानुनी व्यवस्था छ।

More News last news
Loading...