सरस्वती पुजाका दिन कक्षा ५ मा पढ्ने बालिका मृत्त अवस्थामा फेला

काठमाडौँ । सरस्वती पुजा दिन आज गत पुष २७ गतेबाट हराईरहेकी बालिका सुनमाया तामाङ मृत्त अवस्थामा फेला परेकी छन् ।

शैक्षिक भ्रमणका लागि भक्तपुर आएकी सुनमाया अचानक हराएकी थिईन् । उनको खोजीका लागि आफन्तले हारगुहार गरिरहेका बेला सुनमायाको शव हिजो फेला पारिएको हो । भक्तपुरको हनुमन्ते खोलामा भेटिएको शव सुनमायाकै भएको पुष्टी भएको छ ।

Advertisement

शव गलेको अबस्थामा फेला परेकाले बालिकाको धेरै दिन अघि नै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

काभ्रे मण्डनदेउपुर नगरपालिका वडा नं. ११ गैराथोकमा बस्दै आएकी उनी वडा नं. १० स्थित श्री उमाशह शिक्षालय उच्च माविको कक्षा ५ मा अध्ययनरत थिईन् ।

भ्रमणकै क्रममा उनी भक्तपुर दरबार स्क्वायर अवलोकन गर्न जाने क्रममा हराएकी थिइन् । सुनमायाको शव फेला परेपछि थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

More News last news
Loading...