काठमाडौं । भक्तपुरमा एक महिलाको शब फेला परेको छ । मृत फेला पर्नेमा भक्तपुर नगरपालिका वडा नम्बर ३ बतालेकी ४९ वर्षीया गंगा छुकाँ रहेको जनाइएको छ । उनको शब भक्तपुर नगरपालिका २ ठूलो ब्यासी स्थित पोखरीमा भेटिएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुर र प्रभाग ब्यासीको प्रहरी टोलीले महिलाको शव पोष्टमार्टमका लागि भक्तपुर जिल्ला अस्पताल पठाएको जनाएको छ ।
उनी बिहीबार साँझ घरबाट निस्किएको पारिवारीक श्रोतले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
