भारतको मनिपुरबाट ३१ नेपाली महिलाको उद्धार

काठमाडौं । महिला बेचविखनविरुद्ध काम गर्दैआएको संस्था माइती नेपालले भारतको मनिपुरबाट ३१ जना नेपाली महिलालाई उद्धार गरेको छ ।

मनिपुर प्रहरी र इम्पल्स एनजिओ नेटवर्कको सहयोगमा शुक्रबार उक्त संस्थाले मनिपुरको इम्फालबाट उनीहरुलाई उद्धार गरेको हो । इम्फालबाट म्यान्मार हुँदै गैरकानूनी रुपमा इराक र दुवई पु¥याउने भन्दै दलालहरुले योजना गरिरहँदा माइती नेपालको टोलीले उनीहरुको उद्धार गरेको हो।

Advertisement

माइती नेपालका कार्यवहाक अध्यक्ष विश्वराम खड्काका अनुसार विगत तीन दिनयता भारतबाट ३७ जना महिलाको सकुशल उद्धार गरिसकेको छ । गत बुधबार दिल्ली महिला आयोग र रेस्क्यु फाउन्डेशनको सहयोगमा ६ जना महिलाको राजिव नगरबाट उद्धार गरिएको थियो।

More News last news
Loading...