एउटै कोठाभित्र श्रीमान श्रीमतीको शव भेटियो

मोरङ । भारतीय नागरिक श्रीमान श्रीमतीको शव विराटनगर महानगरपालिका – १४ स्तिथ अशोक यादवको घरको कोठा भित्र आइतबार साँझ ५ बजेतिर फेला परेको छ।

श्रीमान श्रीमती भन्दै दुबै जना यादवको घरमा नौ महिना अघि डेरा गरेर बस्दै आएका थिए । स्थानीय बासिन्दाले एउटै कोठा भित्र शव भेटिएका दुबै जना श्रीमान श्रीमती भएको बताए पनि प्रहरीले भने आधिकारिक रुपमा पुष्टि गरिसकेको छैन । भारत दरभंगा घर भएका अन्दाजी ३५ वर्षीय रन्जनकुमार सिंह र अन्दाजी २५ वर्षीय पुजाकुमारीको शव एउटै कोठा फेला परेको प्रहरीले जनाएको छ। सबै झ्याल र ढोका भित्रबाटै लगाएको अवस्थामा कोठामा शव भेटिएको जानकारी प्रहरीले दिएको छ।

Advertisement

मृत्त फेला परेका रन्जन सिटी सफारी चलाएर जीविकोपार्जन गर्दै आएको स्थानीय बासिन्दाले जनाएका छन् । उनको शव मखलरको पासो लगाएर झुन्डिएको अवस्थामा र पुजाको शव घाँटीमा सलले बाँधेको र भूइँमा लडिरहेको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । तर उनीहरु श्रीमान श्रीमती हुन् भन्ने भरपर्दो आधार नभेटिएको उनले बताए ।

उनका अनुसार युवकको शव टिनले छाएको घरको काठको बलोमा झुन्डिएको अवस्थामा फेला परेको छ । युवतीको शव घाँटीमा सल बाँधिएको तर भूइँमै लडिरहेको अवस्थामा फेला परेको हो । दुबै जनाले सहमतिमै झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । झुन्डिने क्रममा युवतीले झुन्डिन प्रयोग गरेको सल भने चुँडिएर उनको शव भूइँमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ । युवतीको पनि घाँटीमा डोरी कसिएको निलडाम छ।

More News last news
Loading...