काठमाडौँ । आज बिहीबार कोरियन वनको भाउसहित कतारी रियाल, दिर्हाम, दिनार र अमेरिकी डलरको भाउ बढेको छ।
आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको करिदर मूल्य १ सय १३ रुपैयाँ ५० पैसा छ भने बिक्रिदर १ सय १४ रुपैयाँ १० पैसा छ।
त्यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २६ पैसा छ भने बिक्रीदर ३० रुपैयाँ ४२ पैसा रहेको छ। आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १७ पैसा भने बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा तोकिएको छ।
त्यस्तै युएई दिर्हामको खरिददर ३० रुपैयाँ ९० पैसा भने बिक्रीदर ३१ रुपैयाँ ६ पैसा तोकिएको छ । आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६३ पैसा छ भने बिक्रीदर २७ रुपैयाँ ७८ पैसा तोकिएको छ । त्यस्तै आज कोरियन वन १०० को खरिदर मूल्य १० रुपैयाँ १६ पैसा छ भने बिक्रिदर मूल्य १० रुपैयाँ २१ पैसा छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
