काठमाडौँ । कप्तान पारस खड्का एकदिवसीय क्रिकेटमा एक सयरन प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
त्यस निम्ति उनले ९२ बल खेले। अनि १३ चौका र एक छक्का हाने।
उनको उत्कृष्ट प्रदर्शनसँगै नेपालले एकदिवशिय सिररिजको उपाधि जितेको छ। यूएईले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।
यो जितसँगै नेपालले युएईविरुद्धको तीन खेलको एकदिवसीय शृङ्खला २-१ ले आफ्नो पक्षमा पारेको छ।
यो नेपालले आफ्नो पोल्टामा पारेको पहिलो एकदिवसीय शृङ्खलाको उपाधि हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपाललाई विजयका लागि बधाई दिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
