आज पनि ह्वात्तै बढ्यो सुन चाँदीको मूल्य

काठमाडौँ । आज साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ।

आज छापावाल सुन प्रतितोला ६१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य ६१ हजार २ सय रुपैयाँ रहेको थियो।

Advertisement

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि उकालो लागेको छ। आज तेजावी सुन ६१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजाबी सुन ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

आज नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...