टिप्परको ठक्करबाट बालिकाको मृत्यु, आधा दर्जन टिप्परमाथी स्थानीयले गरे आगजनी

मोरङ । मोरङको सुन्दर हरैंचा नगरपालिका ९ सिसौघारीमा टिप्परको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।

सोमबार बिहान विराटचौकबाट– विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको ज्यान गएको हो ।

Advertisement

तीव्र गतिमा रहेको टिप्परले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट उनको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । ठक्कर दिएर भाग्दै गरेको टिप्पर बेलेपुर चोक नजिकै सडक छेउको एउटा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परे लगत्तै स्थानीयले टिप्परमा आगो लगाएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुर्घटनापछि स्थानीयबासिन्दाले सडकमा गुडिरहेका अन्य आधा दर्जन टिप्परमा पनि तोडफोड गरेका छन् ।

स्थानीय बासिन्दाले टिप्पर आतंक रोक्नु पर्ने माग गर्दै प्रदर्शन थालेपछि स्थिति असामान्य बनेको प्रहरीले जनाएको छ ।त्यहाँ अहिले स्थानीय प्रशासनले कर्फ्यु  आदेश जारी गरेको छ ।

स्थानीय बासिन्दाले घटनास्थलमा जान खोजेको प्रहरीमाथिसमेत ढुंगा प्रहार गरेका छन् ।

More News last news
Loading...