आज ह्वात्तै बढ्यो सुन चाँदीको मूल्य

काठमाडौँ । आज साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ।

आज छापावाल सुन प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य ६० हजार ९ सय रुपैयाँ रहेको थियो।

Advertisement

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि उकालो लागेको छ। आज तेजावी सुन ६० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजाबी सुन ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

आज नेपाली बजारमा चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...