आज ह्वात्तै बढ्यो सुन चाँदीको मूल्य

काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ।

आज छापावाल सुन प्रतितोला ६० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो मंगलबार सुनको मूल्य ६० हजार ७ सय रुपैयाँ रहेको थियो।

Advertisement

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि उकालो लागेको छ। आज तेजावी सुन ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजाबी सुन ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आज नेपाली बजारमा चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि चाँदीको मूल्य ७५० रहेको थियो।

काठमाडौँ उपत्यका भन्दा बाहिरका स्थानमा भने महासंघले तोके बमोजिम सुन चाँदीको मूल्यमा केही तलमाथी हुन सक्नेछ।

More News last news
Loading...