भद्रपुर । झापाको अर्जुनधारा नगरपालिका–३ बस्ने ३७ वर्षीय कमल ढुङ्गेलले आफ्नो अटो रिक्सामा सवार एक यात्रुले छाडेको रु पाँच लाख नगद प्रहरीमार्फत फिर्ता गरेर इमान्दार नागरिकको उदाहरण बन्नुभएको छ ।
इलामको रोङ गाउँपालिका–२ घर भएका खसी व्यापारी ४२ वर्षीय प्रदीप सुन्दासले अर्जुनधाराबाट बिर्तामोड जाँदै गर्दा आज सो नगद भएको झोला ढुङ्गेलकै अटो रिक्सामै छाडेर हिँड्नु भएको थियो।
ढुङ्गेलले इलाका प्रहरी कार्यालय अनारमनीमार्फत सो नगद सुन्दासलाई आज फिर्ता दिनुभएको झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
