काठमाडौँ । आज साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ। हिजो प्रतितोला २ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने १ सय रुपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला ६० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
