दुई समूहबीच ग्याङ फाइट, एक जनाको मृत्यु

धनगढी । कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झगडा भइ हानाहानको घटनामा एक जनाको मृत्यु भएको छ।

घटनामा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताउनुभयो । मृतकको छाती र पेटमा धारिलो हतियारको घाउ लागेकाले दुई समूहबीच खुकुरी वा चक्कु हानाहान भएको हुनसक्ने जनाइएको छ ।

Advertisement

घटनामा घाइते भएका भट्टलाई तत्काल अत्तरियाको पद्मा अस्पतालमा लगिएकामा थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याउने क्रममा निजको बाटैमा मृत्यु भएको हो ।

घटनामा सोही ठाउँका सबिन कट्टेल, हरि राई र राजेश नेपाली घाइते भएका छन् । घाइतेको अवस्था खतरामुक्त रहेको जनाइएको छ । अत्तरियामा केही दिनदेखि चलिरहेको महोत्सव सकिएको केही समयपछि यो घटना भएको हो । घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक तिमिल्सेनाले बताउनुभयो ।

More News last news
Loading...