सिलिण्डर विस्फोटमा दम्पती घाइते

पर्सा । ग्याँस चुहिएर भएको सिलिन्डर विस्फोटमा परी आज वीरगन्जमा दुई जना गम्भिर घाइते भएका छन्।

वीरगन्ज महानगरपालिका-११ श्रीपुरमा भएको दुर्घटनामा परि जगरनाथ महतो धानुक र उहाँकी श्रीमति सुनिता गम्भिर घाइते भएको प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिनुभयो।

Advertisement

घाइते दुवै जनालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराएपनि स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाण्डौ लगिएको उहाँले जानकारी दिनुभयो। सो विस्फोटमा कोठामा रहेका समान समेत जलेर नष्ठ भएका छन्।

More News last news
Loading...