काठमाडौं । लम्जुङ चितीका प्रभाश तिवारी काशी हिन्दू विश्वविद्यालयबाट एकैसाथ तीन स्वर्ण पदक ल्याउने पहिलो नेपाली विद्यार्थी बनेका छन् ।
भारतको उत्तर प्रदेश वनारशमा रहेको काशी हिन्दू विश्वविद्यालयको एमएससी परीक्षामा तिवारीले वनारश हिन्दू विश्वविद्यालय स्वर्ण पदक, गोल्डेन जुब्ली पदक र डा. हरिनारायण स्वर्ण पदक हाँसिल गरेका हुन् । टेक जियोफिजिक्स अन्तर्गत जल तथा मौसम विज्ञान विषय अध्ययन गरेका उनले ८४ दशमलव ३ प्रतिशत अंक ल्याएका हुन् । उनको व्याजमा ४३ विद्यार्थी अध्ययनरत थिए ।
सन् १९१६ मा स्थापित सो विश्वविद्यालयमा सन् १९४९ बाट नेपालीहरु एमएससी अध्ययनका लागि जाने गरेको पाइन्छ । त्यसयता कुनै पनि विद्यार्थीले स्वर्ण पदक हाँसिल नगरेको तिवारीको भनाइ छ । उनले पढ्ने वातावरण र आफ्नो लगनशीलताले यो सफलता हाँसिल भएको बताए । अध्ययन गर्दा घोकेर होइन बुझेर अध्ययन गर्नु पर्ने उनको अनुभव छ ।
काशी हिन्दू विश्वविद्यालयमा विशेषगरि नेपालीहरु एग्रिकल्चर तथा कमर्श अध्ययनका लागि जाने गरेका छन् । उनको व्याजमा एमएससी अध्ययन गर्ने उनी एक्लो नेपाली विद्यार्थी हुन् । हाल उनी काठमाडौंमा रहेर सस्काट मार्फत नेपालको वायु तथा वातावरण प्रदुषण विषयमा अध्ययन गर्दैछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
