आज राष्ट्रिय टोपी दिवस मनाइँदै

काठमाडौं । आज नेपालमा विभिन्न कार्यक्रम गरि राष्ट्रिय नेपाली टोपी दिवस मनाइदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि टोपी लगाएर राष्ट्रिय टोपी दिवस मनाउने गर्छन् ।

Advertisement

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

विदेशी संस्कृतिको सिको गर्दै भाद्गाउँले टोपी र ढाका टोपी लगाउन छाडिएसँगै यसको संरक्षण संबदनमा युवाहरु जुटेका छन् ।

More News last news
Loading...