जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

उदयपुर । जंगली हात्तीको आक्रमणबाट उदयपुर त्रियुगा नगरपालिका २ मा एक वृद्ध महिलाको ज्यान गएको छ ।

त्रियुगा नगरपालिका–२ लुहाको सामुदायिक वन क्षेत्रमा हात्तीको आक्रमणबाट त्रियुगा नगरपालिका–१२ की ६०–६५ वर्षीया सावित्रा राईको ज्यान गएको हो ।

Advertisement

आइतबार दिउँसो ३ बजे तिर घाँस काट्न जंगल गएकी राईलाई जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मृतक राईको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।

More News last news
Loading...