शंकरदेव क्याम्पसका विद्यार्थी आन्दोलित

काठमाडौं । काठमाडौंको जमलस्थित परीक्षा नियन्त्रण कार्यालयको भवनमा अध्ययनरत शंकरदेव क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन्।

आज बिहान प्रहरीले उक्त भवनमा रहेको क्याम्पसको बोर्ड र क्यान्टिनका सामान जबरजस्ती बाहिर निकालेपछि उनीहरु आन्दोलित भएका हुन्।

Advertisement

विनासूचना क्याम्पस खाली गर्न खोजिएको र गुण्डागर्दी शैलीमा सामान बाहिर निकालिएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन्। २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि शंकरदेव क्याम्पसका करिब ५ सयभन्दा बढी विद्यार्थी उक्त भवनमा अध्ययन गर्दै आइरहेका छन्।

क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले बीबीआइएम र एमबीएमका विद्यार्थी उक्त भवनमा अध्ययन गर्दै आएको जानकारी दिए।

More News last news
Loading...