काठमाडौं । नेपाल आइडल सिजन–२ का विजेता रवि ओड ओडकी आमाको करेन्ट लागेर ज्यान गएको छ । आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो ।
कैलाली प्रहरीका अनुसार बुधबार बिहान ७ बजे पानी तान्ने क्रममा मोटरबाट करेन्ट लागेर घाइते भएकी विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको थियो ।
तर, अस्पताल पुगेलगत्तै चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका प्रहरीले जनाएको छ । रविको कान्छी आमा हुन् विष्णा । रविलाई जन्मदिने आमा रवि सानै छँदा मृत्यु भएपछि उनका बुवाले विष्णालाई भित्र्याएका थिए ।
उनै विष्णाले रवि तथा उनका दिदी भाइ बहिनीहरुलाई स्याहारसुसार गरेर हुर्काएकी थिइन् । रवि नेपाल आइडल बनेको खुसी मनाएर नसकिँदै उनको मृत्युले ओड परिवार शोकमा डुबेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
