कुमार बाबु हिताँगा/स्याङजा । मदिरा बिक्रेताहरुको एक बृहत भेलाले स्याङ्जामा मदिरा ब्यवसायी संघ स्याङ्जा गठन गरेको छ ।
मदिरा ब्यवसायलाई ब्यवस्थित बनाउने उद्देश्यका साथ स्याङ्जा जिल्लाका अधिकृत बिक्रेता, थोक बिक्रेता र खुद्रा बिक्रेताहरूको भेलाले वालिङका ब्यवसायी खिमानन्द पराजुलीको अध्यक्षतामा मदिरा ब्यवसायी संघ स्याङ्जा गठन समेत गरेको छ ।
संघको उपाध्यक्षमा गणेश अर्याल, सचिवमा रबिन के.सी, कोषाध्यक्षमा कृष्ण अर्याल चयन भए । यस्तै सदस्यहरुमा डिल्लिरमण अर्याल स्याङजा ,कृष्ण भट्टराई, कुमार श्रेष्ठ, लालमणी कोइराला,सुजन पौडेल रहेका छन् ।
भेलामा बोल्दै मदिरा ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद नेपालले सरकारले मदिरा ब्यवसायलाई ब्यवस्थित गर्ने नीति निर्माण गरेपनि कार्यान्वयन गर्न नसकेको गुनासो गरे ।
नव गठित तदर्थ समितिले एक महिनाभित्र बिधान निर्माण गरि संस्था दर्ता गरिसक्ने संघका सचिव रबिन केसीले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
