सुतेकै स्थानमा काभ्रेका थापाको कोरियामा मृत्यु

दक्षिण कोरिया । दक्षिण कोरियाको याङजीमा सुतेकै अवस्थामा शनिबार एक नेपालीको मृत्यु भएको छ।

मृत्यु हुनेमा काभ्रेका सुजन थापा रहेको कोरियाका लागि नेपाली श्रम कन्सुलर डिल्लीराम बाँस्तोलाले जानकारी दिए। चार वर्ष पहिले कोरिया आएका थापा थाइराइडको समस्याबाट पीडित रहेको र केही दिन यता रोग पुनः बल्झिएको मृतकका भाइले बताए।

Advertisement

यो घटनासँगै कोरियामा पछिल्लो ११ महिनाको अन्तरमा सुतेकै अवस्थामा मृत्यु हुने वैधानिक नेपाली कामदारको संख्या ६ पुगेको छ।

More News last news
Loading...